२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो : लिङ्देन


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

‘दलहरुको बीचमा प्रतिद्वन्द्विता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन्, उनले भने, ‘रातभरमा नै दलहरुले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोली उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समिकरण परिवर्तन गर्दै हिँड्ने । यस प्रकारको जुन गतिविधिहरु बढिराखेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाइ थियो । ‘प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरु देखिराख्या छ ।’ उनले भने ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ १६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP