२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

देउवा निवासमा आयोजित विपक्षी दलहरूको बैठकमा माधव नेपाल पनि सहभागी


काठमाडौं- देउवा निवास बूढानीलकण्ठमा आयोजित विपक्षी दलहरूको बैठकमा माधव नेपाल पनि सहभागी भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए । बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका हुन् ।

बैठकमा अध्यक्ष नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ जेष्ठ १६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP