२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कैलालीको तापक्रम ४३ डिग्री नाघ्यो

कैलाली– कैलालीको धनगढी–अत्तरियाको तापक्रम आज ४३ डिग्री नाघेको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले अहिले ५ः४५ बजे निकालेको रिपोर्ट अनुसार धनगढी–अत्तरियाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस मापन गरिएको हो ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले हरेक दिन बेलुकी ५ः४५ बजे दिनभरीको तापक्रम मापन गरि सार्वजनिक गर्ने गरेको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङका अनुसार सन् १९९५ मा यस क्षेत्रको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ १६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP