
कैलाली– कैलालीको धनगढी–अत्तरियाको तापक्रम आज ४३ डिग्री नाघेको छ ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले अहिले ५ः४५ बजे निकालेको रिपोर्ट अनुसार धनगढी–अत्तरियाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस मापन गरिएको हो ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले हरेक दिन बेलुकी ५ः४५ बजे दिनभरीको तापक्रम मापन गरि सार्वजनिक गर्ने गरेको छ ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङका अनुसार सन् १९९५ मा यस क्षेत्रको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...