२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

बजेट, नीति तथा कार्यक्रमलाई सत्तापक्ष दलको साझा बनाइनेछ : मुख्यमन्त्री सोडारी

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमलाई सत्तापक्ष दल सबैको साझा बनाउने गरि पेश गरिने बताएका छन् ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सोडारीले बजेट नीति तथा कार्यक्रम सत्तापक्षको साझा बनाउने बताएका हुन् ।

‘विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सत्ता पक्ष दलहरुसंग छलफल तथा सुझाव लिएर तयार पारिएको हो’ उनले भने –‘बजेट, नीति तथा कार्यक्रम पनि सत्तापक्ष दलको साझा बनाउने गरि ल्याइने छ ।’

उनले प्रतिपक्षी दलहरुलाई समेटेर पनि साझा बनाउने प्रयास गरिने बताउँदै –‘प्रतिपक्षी दलहरुको पनि साझा बनाउने प्रयास रहने छ । तर, अहिलेको गतिमा उनीहरु अघि बढे भन्न सकिदैन् ।’

उनले जेठ २० गते नीति तथा कार्यक्रम सभामा पेश गर्ने गरि सरकारले काम गरिरहेको बताए ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तापक्ष प्रदेश सभा सदस्यहरुले भाग लिएका थिए ।

काँग्रेस र उन्मुक्तिका प्रदेश सभा सदस्यहरुले नाराबाजीसहित बैठक बहिष्कार गरेपनि सभामुख भीमबहादुर भण्डारीले बैठकलाई निरन्तरता दिए । भण्डारीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बजेटसंग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल अघि बढाउन प्रस्ताव पेश गरेका थिए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ १६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP