२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

मापसे चालक बने ट्राफिक स्वयंसेवक

काठमाडौँ – मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएकाे छ।

काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हाे। 

आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा स्वयंसेवक खटिएका छन्। गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने घोषणा गरेका थिए ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८१ जेष्ठ १६

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP