कैलाली – युवा व्यवसायी रोशन कठायत एक लाख नगद सहित पुरस्कृत भएका छन् । आर.सि. गारमेन्ट उद्योगका संचालक कठायतलाई प्रदेश युवा परिषद्ले नगद सहित पुरस्कृत गरेको हो ।
प्रदेश युवा परिषद् , सुदुरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा आयोजना भएको प्रदेश स्तरीय प्रतियोगीतामा कठायतले नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको उपाधी प्राप्त गरेका हुन् ।
प्रदेश युवा परिषद् , सुदुरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा आयोजना भएको प्रदेश स्तरीय प्रतियोगीतामा कठायतले प्रथम स्थान प्राप्त गरेका हुन् । उनले प्रमाणपत्र सहित नगद १ लाख राशी प्राप्त गरेका हुन् ।
एक समारोहका बिच युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले उनलाइ नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका छन ।
पुरस्कृत भएका कठायत शिखर समाचारका संवाददाता पनि हुन ।
कार्यक्रममा दोस्रो स्थान प्राप्त गर्ने बाजुराका चन्द्रबिर बुढा , र तेस्रो स्थान प्राप्त गर्ने अछाम गौरव जोशीले क्रमशः ७५ हजार नगद सहित प्रमाणपत्र , ५० हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष कुवँरले परिषदले युवा प्रोत्साहन संगै युवाहरूको नेतृत्व र व्यक्तित्व बिकासमा सृजनात्मक कार्यहरु गर्दै आएको बताए । प्रतियोगितामा निर्णायकको भुमिकामा परिषदका कार्यकारी सदस्य शेर बहादुर बिष्ट, अन्तर्राष्ट्रिय खेलाडी तथा युवा व्यवसायी प्रकाश कुमार चन्द र कैलाली बहुमुखी क्याम्पसका उपप्राद्यापक गगन राज घिमिरे रहेका थिए ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश अन्तर्गत विभिन्न जिल्लामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध युवाहरुको सहभागिता रहेको थियो। समारोहको अध्यक्षता परिषद्का कार्यकारी सदस्य दिनेश सिंहले गरेका थिए ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...