२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

डोटीस्थित सेती नदीमा नुहाउन गएका कार चालक बेपत्ता

चालक तामाङ बेपत्ता भएको सेती नदी क्षेत्र

दिपायल- सेती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका–३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङ बेपत्ता भएका हुन् ।

डोटीको शिखर नगरपालिका– ८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार दिउँसो १ः ४६ बजे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

कार चालक तामाङ सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको भनी कारमा सवार रेवन्त अधिकारीले जानकारी प्रहरीलाई जानकारी गराएका थिए । तामाङको खोजिकार्यका लागि प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०८१ बैशाख १७

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP