दिपायल- बझाङ क्षेत्र नम्बर १ (क) मा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको छ । मतदानको अन्तिम समयसम्म ३० हजार ३२८ मतमात्रै खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेका थिए । प्रदेश सभा (क) को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको लामिछानेले बताए । मतदानका लागि ७४ वटा मतदानस्थल र ९३ वटा मतदान केन्द्र तोकिएको थियो ।
प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भए पछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...