२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

आज राति १२ देखि मौन अवधि सुरु हुने, प्रचारप्रसार गर्न रोक


दिपायल- आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार गर्न रोक लगाएको हो । आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । यस क्रममा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १५ गते बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाको लागि र इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ बैशाख १२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP