दिपायल- डोटीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको जोरायल गाउँपालिका –२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
कैलालीबाट डडेल्धुरातर्फ जाँदै गरेको सु.प.प्र ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई कैलालीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने ट्याङ्करले बुधवार बिहान ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन् ।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको थियो । रमेशको उपचारका क्रममा मृत्यु भएको र लक्ष्मीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...