२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

बरालगाउँ समाजको भित्ते पात्रो विमोचन

दिपायल – श्री केदार भागेश्वर बरालगाउँ समाजको “भित्ते पात्रो-२०८१” को विमोचन गरिएको छ । समाजका ज्येष्ठ नागरिकद्वय निर्मलादेवी जोशी र भागरथीदेवी जोशीले संयुक्तरुपमा भित्ते पात्रो विमोचन गरेका हुन् ।

समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उपेन्द्रराज जोशीले समाजले प्रकाशन गरेको भित्ते पात्रोमा आफ्नै मोलिकता रहेको बताए । उनले भने,’समाज प्रचार प्रसारका लागि भित्ते पात्रो उपयुक्त माध्यम हो ।’

कार्यक्रममा सल्लाहकारद्वय करुणाकर जोशी, प्रेमराज जोशी, समाजसेवी डम्मरनाथ जोशी, गोरबहादुर विक लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम समाजका सल्लाहकार तथा समाजसेवी विजयराज जोशीको निवासमा गरिएको थियो ।

समाजले विगतदेखि डोटीको बरालगाउँ पुर्ख्यौली घर भइ हाल धनगढी, अत्तरिया, चौमाला, मसुरिया, कैलारी, जोशीपुरमा बसोबास गर्दै आएकाहरुलाई संगठित गर्दै आइरहेको छ ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८१ बैशाख ११

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP