२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

नेपाल आइपुगे कतारी राजा आमिर शेख, काठमाडौंमा भव्य स्वागत

काठमाडौँ- कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । आज अपराह्न बंगलादेशबाट विशेष विमानमा भ्रमण दलका सदस्यसहित उनी काठमाडौं आइपुगेका हुन् ।

११ जना प्रतिनिधिमण्डलबाहेक शेखसँग डेढ सय जनाको टोली भ्रमणमा रहेको छ । राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र स्वागत गरेका छन् ।

उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ। उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ।

सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ। विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाबीच अपराह्न शीतलनिवासमा द्विपक्षीय वार्ता हुनेछ । साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजा थानीको सम्मानमा राजकीय भोज आयोजना गरेका छन् ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०८१ बैशाख ११

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP