२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

ड्युटीमा रहेका प्रहरीकै पेस्तोल हरायो


दिपायल- बारामा ड्युटीमा रहेका प्रहरील् बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सइ पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको हो ।

आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै छ भन्ने सूचना पाएको प्रहरी अमलेखगन्जबाट उत्तरतर्फको जंगलमा जाने क्रममा १० राउन्ड गोली भरिएको पेस्तोल हराएको हो । ड्युटीमा खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

‘प्रहरीलाई आएको विशेष सूचनाको आधारमा अनुसन्धान गर्न गएका वरिष्ठ सइ बिसीले बुझेर लगेको पेस्तोल हराएको हो । पेस्तोलको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ बैशाख ११

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP