
एजेन्सी- मलेसियामा नौसेनाका दुईवटा हेलिकप्टर आकाशमै ठोक्किपछि १० जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार थिए ।
नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...