२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कतार सरकारलाई जोडी हात्ती उपहार दिइने


काठमाडौँ- नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ । राजकीय भ्रमणमा पहिलोपटक आज नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई औपचारिक रुपमा हात्ती हस्तान्तरण गर्ने कार्यक्रम छ ।

सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो । गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो ।

‘सरकार र कतार बिचभएको एक किसिमको सम्झौता अनुसार यहाँका दुई वटा हात्ती कतार पठाउने तयारीमा छौँ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले भने, ‘कतार सरकारले चाहेको समयमा लैजाने गरी व्यवस्थापन भएको छ । यही दिन लैजाने भन्ने अझै यकिन छैन ।’

हात्ती लाई कतार लैजानका लागि कम्तीमा ९ जना प्राविधिक आवश्यक पर्ने निकुञ्जले जनाएको छ । कतार सरकारले कार्गो प्रयोग गरेर लैजाने तयारी गरेको छ । नेपाल सरकारले हात्तीसँगै उनीहरूलाई रेखदेख गर्दै आइरहेका माहुतेहरूलाई पनिसँगै कतार पठाउने तयारी गरेको छ ।

हालसम्म नेपालले विभिन्न देशहरूलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ । हालसम्म सबैभन्दा धेरै २६ वटा गैँडा उपहार दिइएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ बैशाख ११

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP