दिपायल- जुवा खेलिरहेको अवस्थामा १४ जना जुवाडे पक्राउ परेका छन् ।
टिकापुर नगरपालिका– १ को ब्लक नं. १८ मा स्थानीय सिद्धराज ठकुल्लाले सञ्चालन गरेको होटेलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा होटल सञ्चालक सहित १४ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा आइतबार उनीहरुलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले नगद २५ हजार ९५५ रुपैंया र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सबन्धमा प्रहरीले आवश्यक थपअनुसन्धान गरिरहेको जनाएको छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...