२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

सायलको ओखट्टेमा पहिलो पटक बिजुली बल्दा स्थानीय खुसी


दिपायल- सायल गाउँपालिका– २ ओखट्टे टोलमा पहिलो पटक बिजुली बत्ती जलेको छ । गाउँपालिका, विधुत प्राधिकरण र विभिन्न व्यक्तिहरुको समन्वयमा पहिलो पटक बिजुली बत्ती जलेको हो ।

विधुत विस्तारका लागि चार वर्ष ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायिको लापर्बाहीका कारण बत्ती जल्न नसकेको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । सो क्षेत्रमा विद्युत विस्तार गर्नका लागि २०७७ मा ठेका भएको थियो ।

निर्माण कम्पनीले काम नगरे पछि प्राधिकरणले ठेक्का रद्द गरेको थियो । त्यसका लागि निर्माण व्यवसायीले अदालतमा तीन वटा मुद्दा दायर गरेका थिए ।

लामो समयसम्म विधुत विस्तारको काम नभए पछि स्थानीयहरु आक्रोसित बनेका थिए । “चार वर्षसम्म ठेकेदारले विधुत विस्तारकार्यलाई बन्धक बनाए ।

सरकारको लगानी खेर गयो,“अध्यक्ष जोशीले भने,“जनता विकासबाट वञ्चित हुनुहुँदैन र सरकारको लगानी खेर फाल्नु हुँदैन भनेर हामीले काम अगाडी बढायौं र आज गाउँमा बत्ती जलेको छ ।”

प्रतिनिधिसभा सदस्य वीर बहादुर बलायरको अथक प्रयास पछि विद्युत प्राधिकरणसँगको समन्वय, स्थानीहरुको श्रमदान र पालिकाको सहयोगमा विद्युत विस्तार गर्न सफल भएको अध्यक्ष जोशीले बताए । गाउँपालिकाले विद्युत नपुगेका वडाहरुमा चाँडै विद्युतको सुविधा पु–याउने योजना रहेको उनले बताए ।

विधुत विस्तारको कार्यलाई हामीले विशेष जोड दिएका छौं, ओखट्टे पछि सिर्मामा चाँडै बत्ती बाल्ने तयारी भइरहेको छ । सकभर दुईहप्ता भित्रै त्यहाँ बत्ती जल्ने छ, उनले भने ।

लामो समयको पर्खाइ पछि गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीय जनकराज ओझाले देशका अन्य ठाउँहरुमा वर्षौं अघि विद्युत, सडक लगायतका आधारभूत आवश्यकताहरु पुरा भए पनि ओखट्टेबासीले बल्ल विद्युत सुविधा पाएकोमा खुसी व्यक्त गरे ।

“विग आठ वर्षदेखि विद्युतको बाटो कु–यौं, तर पाएनौं,ओझाले आँखा मिच्दै भने,“हामीहरु राजनीति देखि विकासबाट पनि पछि परेझै मनमा लाग्थ्यो । बल्ल आज गाउँमा बत्ती पुगेको छ । एकदम खुसी भएका छौं । तर, अझै पनि विद्युत नपुगेका छिमेकी गाउँका मानिसहरु दुःखि छन् । जसरी पनि त्यहाँ चाँडै बत्ती पु–याउनु प–यो ।”

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०८१ बैशाख १०

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP