दिपायल – समविकास केन्द्र (ईडीसी) ले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। २०५३ सालमा स्थापना भएको उक्त संस्थाले रक्तदानसँगै बिरामीलाई फलफूल वितरण गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
“समतामुलक समाजको निर्माण, हाम्रो अभियान’ भन्ने मुल नाराका उक्त संस्था स्थापना भएको थियो । ईडीसीले २७ औँ स्थापना दिवस तथा ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर रक्तदान तथा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै रक्तदान गरेको संस्थाका कार्यक्रम संयोजक नरेन्द्र बिकले बताए ।
ईडीसीले सुशान, महिला तथा दलित अधिकार, दिगो जीविकोपार्जन, जलवायु परिवर्तन र न्याय जस्ता विभिन्न सवालहरुमा विगत २७ वर्ष देखि काम गर्दै आएको छ ।
२०५३ साल फागुन २६ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा रहेको उक्त संस्थाले स्थापना दिवसको पूर्व सन्ध्यामा उक्त कार्यक्रमहरु संचालन गरेको हो ।
संस्थाको कार्यालयमा संचालन गरेको रक्तदान कार्यक्रममा संस्थाका वित्त तथा प्रशासन प्रमुख कृष्ण सुन्दर श्रेष्ठ, कार्यक्रम अधिकृतहरु रमा भण्डारी र विज्ञान देवलले रक्तदान गरेका छन ।
सोही अवसरमा जिल्ला अस्पतालमा रहेका २३ जना बिरामीहरुलाई फलफुलहर वितरण गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्य, पदाधिकारीहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...