दिपायल – शिखर नगरपालिकामा विविध कार्यक्रम सहित १४ औं नारी दिवस मनाइएको छ। शिखर महिला सञ्जालको आयोजना तथा शिखर नगरपालिकाको सहयोगमा नारी दिवस मनाइएको हो ।
नगर सञ्जालकी अध्यक्ष शान्ति शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा शिखर नगरपालीकाका नगर प्रमुख दीर्घ बहादुर बलायर प्रमुख अतिथि रहेका थिए। जिल्ला समन्वय समितिका उप- संयोजक स्मृति चुनारा, नगर उप- प्रमुख सुनिता रावल जोरा, पूर्व उप – प्रमुख धौलिदेवि रावल विशिष्ट अतिथि रहेको उक्त कार्यक्रमको सञ्चालन बास नेपालकी प्रतिनिधि सरिता कठायतले गरेकी थिइन्।
कार्यक्रममा नगरका ११ वटै वडाहरूका महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुले डेउडा गित मार्फत महिला अधिकारका पक्षमा र महिला हिंसविरुद्ध आवाज उठाएकी थिइन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख बलायारले महिला हिंसाको अन्त्यका लागि नगर सरकार प्रतिबद्ध रहेको बताए । उनले हिंसा सहेर नबस्न अनुरोध गर्दै आफूमाथि हुने हिंसा विरुद्ध आवाज उठाउन सके मात्रै आफ्नो अधिकार सुनिश्चित गर्न सकिने बताए।
त्यस्तै जिल्ला समन्वय समितिकी उप- संयोजक स्मृति चुनाराले स्थानीय सरकार स्थापना पछि महिलाहरुका कयौं समस्याहरू समाधान हुँदै गएको बताइन् । उनले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न महिला आत्मनिर्भर र अग्रसर हुन् जरुरी रहेको बताइन् ।
नगर उप – प्रमुख रावलले अधिकार सम्पन्न सक्षम र आत्मनिर्भर महिला बन्न छोरी माथि लगानी बढाउन अनुरोध गरिन्। उनले महिलाले महिला माथि गर्ने विभेद अन्त्य गरेर छोरी बुहारीमा लगानी बढाएमा महिलाहरु आत्मनिर्भर र शैक्षिक रूपमा सक्षम हुने र महिला हिंसाका घटनामा न्यूनीकरण हुने बताइन् ।
शिखर नगरपालिकामा आयोजित १४औं नारी दिवस भिडियोमा
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...