२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

बलायर दम्पतीद्वारा सीताराम माविमा पाँचलाखको अक्षयकोष स्थापना

दिपायल – अमेरिका निवासी भोज बहादुर बलायर र अञ्जु बलायरले सीताराम माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । अमेरिका निवासी बलायर परिवारले शिखर नगरपालिका वडा नम्बर ९ मा रहेको उक्त विद्यालयमा पाँच लाख एक सय एक रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

बलयारका बुवा खड्क बहादुर बलायर तथा स्व. आमा हंशा देवी बलायरको नामबाट खड्कहंश अक्षय कोष स्थापना गरिएको हो ।   अक्षय कोष स्थापना गर्ने भोज बहादुर बलायर पूर्व जिल्ला शिक्षा अधिकारी, नेपाल सरकारका पूर्व उपसचिव तथा सीताराम माविका पूर्व विद्यार्थी हुन्। लामो समय  नेपालको शिक्षा क्षेत्रमा काम गरेका  उनले अमेरिकामा पनि नेपाली भाषा साहित्य संरक्षणका लागि काम गर्दै आएका छन्।

बलायरले आफुले अध्ययन गरेको बिधालयमा बुबाआमाको नामबाट छात्रबृती कोषको स्थापना गर्ने सौभाग्य प्राप्त भएकोमा खुसी व्यक्त गरे । कोषको स्थापना पछि शिखर नगरपालिका तथा विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरुको शैक्षिक उन्नती तथा उच्च शिक्षामा पहूँच बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०८० फाल्गुन २४

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP