दिपायल – दिपायलमा जारी डोटी सांस्कृतिक महोत्सवमा मंगलबार (आज) ४ जना कलाकारको प्रस्तुति रहने छ। महोत्सवमा चर्चित लोक दोहरी गायिका रामजी खाण लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।
राष्ट्रिय संगीतकर्मी डोटीका अध्यक्ष गोपाल सुचिकारका अनुसार आज खाणसँगै गायक भुवन प्रकाश बडु, -यापर फिल बाबा, केशव बडु लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा सेती नदीमा -याटिङ्ग, रमाइलो मेला र कलाकारहरुको प्रस्तुति रहेको छ । महोत्सवमा स्थानीय भाषा , गीत संगीत र कलाकारहरुलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...