२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा सहितको मन्त्रिपरिषद् आजै बनाउने



काठमाडौं– प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्।


नेपाली कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगकाे नयाँ गठबन्धनसहित प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्।


स्रोतका अनुसार सोमबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ। त्यसपछि बाँकी मन्त्री दलहरूबीच भागबन्डाका आधारमा हुने स्रोतले बताएको छ। जस अनुसार एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गरेको छ।


सोमबार बिहान बालकोटमा बसेकाे सचिवालय बैठकले सरकारमा सहभागी हुने र गिरीलाई मन्त्री बनाएर पठाउने निर्णय गरेकाे हाे। सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगिसकेका छन्।

उनी उपाध्यक्ष विष्णु पौडेललाई समेत लिएर बालुवाटार पुगेका हुन्। त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्दैछन्। यद्यपि अहिलेसम्म मन्त्रालय टुंगो लागिसकेको छैन।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ। रास्वपाले रवि लामिछानेलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी छ। जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पठाउने भएको छ।

उसले तीनवटा मन्त्रालय दाबी गरेको छ। यद्यपि गठबन्धनमा त्यसबारे छलफल भइरहेको जसपा सांसद प्रदीप यादवले बताए।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८० फाल्गुन २१

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP