दिपायल– डोटीका ७१ वर्षीय जेष्ठ नागरिकले विवाह गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय ठक्कर बहादुर खडायतले आफ्नो प्रेमलाई लामो समय पछि विवाहमा परिणत गरेका हुन् ।
खडायतले ७१ वर्षको उमेरमा ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका हुन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए।
भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन्।
जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिले जनाएको छ ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...