२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

छाडा पशु नियन्त्रण र व्यवस्थापन गर्न ट्याग लगाउँदै शिखर सरकार



दिपायल – शिखर नगरपालिकामा छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गर्न ट्याग (निश्चित पहिचान चिन्ह) लगाउन थालिएको छ । नगर पालिकाले गौशालामा रहेका र घरपालुवा पशु चौपायालाई ट्याग लगाउने कार्य अभियानकै रूपमा सञ्चालन गरेको हो ।

हालसम्म नगरपालिकाको वडा नम्बर – १ र ६ मा ट्याग लगाउने कार्य जारी रहेको भेट्नारी शाखा प्रमुख जय प्रकाश मल्लले बताए । उनका अनुसार गौशालाका ४२ वटा गाईगोरु र वडा नम्बर – १ का ५० भन्दा बढी गाई गोरुहरुलाई ट्याग लगाइएको छ । नगरपालिकाले ट्याग लगाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । ट्यागसँगै रेबिज, पिपीआर तथा लम्पीस्किनकाे खोप समेत लगाउन थालिएको छ।

छाडा चौपाया नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण रहेको नगर प्रमुख दीर्घ बलायरले बताए । गाईले दुध दिएसम्म राख्ने त्यसपछि  जथाभावी छोड्ने, चौपाया अशक्त, अपाङ्ग भएपछि छोड्ने प्रचलनका कारण समस्या थपिँदै गएको उनले बताए । “छाडा चौपायाका कारण किसानहरुलाई समस्या भएको छ,” नगर प्रमुख बलायरले भने,” किसानको बालीनाली नष्ट भएको छ, सडकमा दुर्घटनाको जोखिम बढेको छ । अन्यत्र छिमेकी पालिकाबाट चौपाया छोड्ने गरिएको छ । त्यसको व्यवस्थापन र नियन्त्रणका लागि ट्याग लगाउने अभियान सञ्चालन गरिएको हो ।”

“पशुहरुमा ट्याग लगाउदै तथ्याङ्क पनि संकलन गरिदै आएको छ । ट्याग लगाएका पशुहरू पहिचान गर्न सजिलो हुन्छ । कुन पशु कस्को हो भन्ने पहिचान भएपछि जथाभावी चौपाया छोड्ने व्यक्तिलाई कारबाही गर्न सजिलो हुन्छ,”उनले भने ।

एकदुई महिना भित्र नगरका सबै पशु चौपायालाई ट्याग र खोप लगाइने नगरपालिकाले जनाएको छ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०८० फाल्गुन ४

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP