दिपायल – धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्।
उनले बुधवार (आज) विहान करिब ११ः२० घरको छतबाट हाम फालेको प्रहरी जनाएको छ । हाम फालेर गम्भीर घाइते भएका अग्रवाललाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । अस्पताल पु-याउने बित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको पाइएको छ । अग्रवालको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल लगिएको
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...