२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

डोटीमा बँदेलको आक्रमणबाट घाइते महिलाको निधन

फाइल तस्बिर


केशबचन्द्र महरा
दिपायल समाचारदाता
दिपायल माघ २ गते । डोटीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार बिहान बँदेलको आक्रमणमा परी घाइते भएका दुई जनामध्य  एकजनाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्लाको केआईसिँह गाउँपालिका – १ बसिनाका ७२ वर्षीय भगी भूल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भूल घाइते भएका थिए । जगुली देवी भुलको अस्पताल पु-यानु अघि नै मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर निराजन श्रेष्ठले बताउनु भयो । अर्का घाइते भगीकाे स्वाथ्य अवस्था सामान्य रहेको छ।

घर नजिकै रहेको खेतमामा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभयो । 
डोटीमा प्रतेक वर्ष जङ्गली जनावरहरू भालू र बँदेलको आक्रमणमा परी मानिसहरूले ज्यान गुमाउँदै आएका छन् ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०८० माघ २

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP