२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

डोटीमा बँदेलको आक्रमणबाट दुई जना घाइते

फाईल फोटो

दिपायल – डोटीमा जंगली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको केआईसिँह गाउँपालिका – १ बसिनाका ,७२ वर्षीय भगी भूल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भूल घाइते भएको प्रहरीले जनाएको छ ।


मंगलबार बिहान ९ बजेको समयमा गाउँ नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०८० माघ २

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP