२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

संविधानको पूर्ण कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : राष्ट्रपति



दिपायल – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताए । राष्ट्रपति कार्यालयमा माघी पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएकोले संघीय संसदमा रहेका दलहरूलाई संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन आग्रह गरे।   संविधानले उत्पिडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएपनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन नहुँदा जनतामा देखिएको निराशा देखिएको बताए।

शुभकामना आदानप्रदान कार्यक्रममा कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरू सहित उच्च पदस्थ व्यक्तित्वहरू सहभागी थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिती रहेको थियो।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० माघ १

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP