२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

डोटीमा माघ १४ गते देखि जिल्लास्तरीय “राष्ट्रपति रनिङ शिल्ड” आयोजना हुने



दिपायल – डोटीमा जिल्ला स्तरीय “राष्ट्रपति रनिङ शिल्ड” प्रतियोगिता माघ १४ गते देखि आयोजना हुने भएको छ । जिल्ला खेकुद समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा जिल्लाका ९ वटै पालिकाबाट छनोट भएका खेलाडीहरूको सहभागिता रहने छ ।

तीन दिन सम्म सञ्चालन हुने उक्त शिल्ड दिपायल सिलगढी नगरपालिका – ३ मटमा रहेको नयाँ खेलमैदानमा आयोजना गरिने डोटी जिल्ला खेलकुद समितिले जनाएको छ । अघिल्लो वर्षको प्रतियोगिता जोरायल गाउँपालिकाकाे बुडरमा आयोजना गरिएको थियो ।

शिल्डमा ५ वटा विधामा प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले बताए । भलिबल, कबडी, एथलेटिक्स, कराते र तेक्वान्दो  खेलका लागि छात्र/छात्राको दुवै टिमको सहभागिता रहने उनले बताए ।

जिल्लाबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई प्रदेशस्तरीय “राष्ट्रपति रनिङ शिल्ड”का लागि छनोट गरिने छ । यसरी छनोटमा परेका उत्कृष्ट खेलाडीहरू प्रदेश हुँदै राष्ट्रिय शिल्डका लागि छनोट हुने छन् ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० माघ १

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP