दिपायल – गहनानमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवदुर्गा गाउँपालिका वडा नं. ३ काे टीमले जितेको छ । एकलाख प्रथम पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा शिखर नगरपालिका वडा नं. १० काे टीम दृतिय भएको छ भने सोही पालिकाको वडा नं. ११ काे टीम तृतीय भएको छ ।
“ राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो । शिखर नगरपालिका वडा नं १० मा अवस्थीत गहनान धार्मिक क्षेत्रमा लाग्ने मेलाको अवसरमा हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ ।
अघिल्ला वर्षहरुमा सो प्रतियोगिताको आयोजना गहनान युवा क्लबले गर्दै आएको थियो । यसवर्ष भने सिद्धेश्वर माविले आयोजना गरेको हो । शिखर नगरपालिकाको आर्थिक सहयोग तथा प्रायजकत्वमा सञ्चालित उक्त प्रतियोगिता ठुलो धन राशीको प्रतियोगिता हो । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो।
आईतबार सम्पन्न उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नवदुर्गा ३ ले शिल्ड, मेडल र प्रमाण पत्र सहित रु एक लाख एक हजार एक सय एक रुपैयाँ नगद पाएको छ । त्यस्तै शिल्ड, मेडल र प्रमाण पत्र सहित क्रमश द्धितिय भएको शिखर नगरपालिका वडा नं १० ले रु ७५ हजार ५ सय ७५ र तृतिय भएको शिखर नगरपालिका वडा नं ११ ले रु ४१ हजार १ सय ४१ रूपैयाँ पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । यसबाहेक वेष्ट प्लेयर,डिफेन्सर, स्पाईकर, लिफ्टरहरुलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ।
मेलाको अवसरमा आयोजित प्रतियोगितासँगै त्यस क्षेत्रमा देउडा कार्यक्रमको पनि आयोजना गरिएको छ।
नगर प्रमुख दीर्घ बहादुर बलायरले शिखर नगरपालिकाले खेलाडीहरूको क्षमता अभवृद्धिसँगै नगरमा खेलमैत्री वातावरण सिर्जना गर्न लागिपरेको बताए । खेलको शिल्ड वितरण गर्दै उनले विद्यालय देखि वडा स्तर हुँदै नगरस्तरमा खेलकुद मैदान निर्माण, खेलाडीहरूको छनोट उनीहरूको क्षमता अभिवृद्धि नगर सरकारको प्राथमिकतामा रहेको बताए।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...