२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

डोटीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

दिपायल – डोटीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमहरूको आयोजना गरी भव्य रूपमा मनाइने भएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा १०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरिएको हो ।

सोमबार दिपायलमा बसेको आम भेलाले पुस २७ गते दिपायलमा  विभिन्न  लोक साँस्कृतिक झाँकी सहित कोण सभाको आयोजना गरी दिवस मनाउने निर्णय गरेको हो । दिवस भव्य रूपमा मनाउन रतन बहादुर शाहको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक तयारी समिति गठन गरिएको छ ।

दिवसलाई संदेश मुलक र एतिहासिक संरक्षणको प्रतीकको रूपमा मनाउन जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय तथा सहयोगका लागि आह्वान गरिने संयोजक शाहले बताए ।

२७ पुसमा स्व. राजा पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्तीसँगै सोही दिनलाई नेपालमा ‘राष्ट्रिय एकता दिवस’ को रूपमा समेत मनाइँदै आएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८० पुष २३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP