२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायलाई पितृशोक

दिपायल – पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि रामप्रसाद उपाध्यायलाई पितृशोक परेको छ । अध्यक्ष उपाध्यायका पिता यदुराज उपाध्यायको शुक्रबार राति १० बजे ८४ वर्षको उमेरमा निधन भएको हो ।

दमका बिरामी उपाध्यायको ८४ पूजा पछि शुक्रबार पूर्वीचौकी गाउँपालिका – ३ पाडागाँउ स्थित निवासमा निधन भएको हो।

स्व. उपाध्यायको शनिबार साझघाटमा दाहसंस्कार गरिएको छ । उपाध्यायको निधनप्रति कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायर, जिल्ला सभापति नरेन्द्र बहादुर सिंह लगायतका नेताहरुले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० पुष २१

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP