२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

शिखर सरकारले ल्यायो डेढ करोड बढीको हिउँदे बजेट


दिपायल – शिखर नगरपालिकाले डेढ करोड बढीकाे हिउँदे बजेट विनियोजन गरेको छ । शुक्रवार आयोजित १४औं नगरसभाबाट एक करोड ५५ लाख ४७ हजार बजेट विनियोजन गरिएको हो ।

नगरसभामा बजेट प्रस्तुत गर्दै  नगर उप – प्रमुख सुनिता रावल जोराले सो बजेटबाट ४४ योजनाका लागि बजेट विनियोजन गरेको बताइन् । बजेटमा नगरका अधूरा आयोजनाहरु, विद्यालय भवन, बजेट अभाव भएका आयोजनाहरु, म्याचिङफन्टका आयोजन तथा कर्मचारीहरुको तलब सुविधा लगायतका शीर्षक समेटिएको उनले बताइन् ।

नगर सभामा नगर प्रमुख दीर्घ बलायरले हिउँदे बजेट, करार कर्मचारीको म्याद थप, योजना संसोधन तथा बजेट व्यवस्थापन, दुई वटा कार्यविधि पारित र धन्यवाद ज्ञापन लगायतका प्रस्ताव पेश गरेका थिए।  नगर प्रमुख बलायरले निर्णयार्थ नगरसभामा पेश गरेका प्रस्तावहरू सर्वसम्मत पारित गरिएको थियो ।

नगरको विकास, सुशासन र पारदर्शीतालाई मध्यनजर गर्दै आगामी योजना तथा नीति निर्माण गर्ने योजनाका साथ नगरपालिका अगाडि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शाहले बताए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० पुष १३

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP