दिपायल– शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले हिंसा जन्य घटनाहरूको न्यूनीकरण समुदाय, परिवार र आफ्नै घरबाट गर्न सकिने बताए । सोमबार नगरपालिकामा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका बोल्दै उनले हिंसा गर्दैन, हिंसा हुन दिँदैन र हिंसा सहँदैन भन्ने प्रतिबद्धता गरे त्यस्ता घटनाहरू न्यूनीकरण हुँदै जाने बताएका हुन् ।
समुदायमा विभिन्न खालका हिंसाजन्य घटनाहरुमा वृद्धि हुँदै गएको छ,”उनले भने,” त्यसमा पनि सबैभन्दा बढी पीडित महिलाहरु छन् । महिलाहरुलाई कामको बोझसँगै घरेलु हिंसामा परिरहेका छन् । पीडितहरु खुलेर त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् । पीडितहरुले न्यायका लागि विभिन्न ठाउँमा उजुरी दिनसकिने व्यवस्था भए पनि न्यायिक लडाइँमा पीडितहरु उभिन सकिरहेका छैनन् ।” पीडित व्यक्तिहरूका लागि नगरपालिकामा पनि उपमेयरको संयोजकत्वमा न्यायिक समिति छ । पीडितहरुले सहज सेवा लिनसक्ने व्यवस्था गरेका छौं । हिंसाजन्य घटना लुकाएर, सहेर नबसौं,’उनले आग्रह भने ।”
हिंसाजन्य घटनाहरू आफ्नो परिवार, आफन्त, छरछिमेकी र चिनजानकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कहरु छन्,” नगर प्रमुख बलयरले भने,” हामी आफूले व्यक्तिगतरूपमा हिंसा नगर्ने प्रतिबद्धता मात्रै गरेउ, हिंसाको अन्त्य आफूबाट गर्ने अठोट गरेउ भने समतामूलक र सभ्य समाजको स्थापना गर्न सकिन्छ।” उनले महिला तथा बालबालिका माथि हुने हिंसा जन्य घटनाहरू न्यूनीकरण गर्न नगर सरकार प्रतिबद्ध रहेको बताउँदै आबस्यकता हनुसारका कार्यक्रम र बजेटको व्यवस्थापन गर्न आफूहरु तत्पर रहेको बताए ।
समुदायमा व्याप्त हिंसामध्य लैङ्गिक हिंसाका घटनाहरु बढी रहेको नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् । “समुदायमा लैङ्गिक हिंसा मात्रै छैन,”उनले भनिन्,”विभिन्न खालका हिंसाजन्य घटनाहरू घट्ने गरेका छन्, त्यो मध्य महिला हिंसा विकराल छ। त्यसको न्यूनीकरणका लागि सरोकारवाला निकाय र सरकार मात्रै लागेर हुँदैन । समुदायका व्यक्तिहरू, पीडितहरु, न्यायिक निकाय र हामी सबै जागरुक हुनु पर्दछ । हामी हाम्रा तर्फबाट लाग्न तयार छौं ।”
हिंसा न्यूनीकरणका लागि सरकार, गैरसरकारी संस्था लगायतका विभिन्न सामजिक संघसंस्थाहरु विगत देखिनै लागिरहे पनि हिंसा जन्य घटनामा कमी आउन नसकेको उनले बताइन् । “पीडित भनिने व्यक्तिले नै अर्को व्यक्तिमाथि हिंसा गर्ने, सासुले बुहारीमाथि, बुहारीले सासु माथि, श्रीमानले श्रीमती माथि, कतिपय अवस्थामा श्रीमतीले श्रीमानमाथि हिंसा गर्ने प्रचलन समुदायमा व्याप्त छ । जातीय तथा, लैङ्गिक र आर्थिक अवस्थाका आधारमा पनि विभेद गर्ने गरिएको छ । हिंसाको अन्त्य गर्न हरेक व्यक्ति प्रतिबद्ध हुने पर्ने देखिन्छ,” उनले भनिन् ।”
शिखर नगरपालिकाले नगरका सबै वडाहरूमा हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेर सचेतनाका कार्यक्रम आयोजना गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सुमित्रा थापाले बताइन् ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...