२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

कुनै पनि प्रकारका हिंसा नगरौं : जिसस प्रमुख सिंह


दिपायल – जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले समाजमा हुने कुनै पनि खालका हिंसा नगर्न र नगराउन सुझाव दिएका छन् । आईतबार दिपायल सिलगढी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका क्रममा आयोजना गरेको समीक्षा तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरकृया कार्यक्रममा उनले कुनै पनि खालका हिंसामा संलग्न नहुन सुल्झाएका हुन्।

“हिंसा आफैमा राम्रो शब्द होइन,”सिंहले भने,”हिंसाकाे सुरुवात घरपरिवारबाटै, आफन्तबाटै, चिनजानका व्यक्तिहरुबाटै हुन्छ । एक आपसमा सद्भाव राखेऊ, मानवता निभायौ र हिंसा गर्दैन, गर्न दिँदैन र सहन दिँदैन भनेर प्रतिबद्ध भयौं भने हिंसा न्यूनीकरण हुन्छ।” हिंसा धेरै प्रकृतिका छन्, हिंसा जानवरमाथि समेत नगरौं, लैङ्गिक र जातीय हिंसा झन् गर्दै नगरौं,’उनले थपे ।

हिंसा जन्य घटनाहरू रोक्न सरोकारवाला बीच एक आपसमा निरन्तर समन्वय हुन जरुरी रहेको बताउँदै उनले हिंसाजन्य घटना रोक्न समुदायको सबैभन्दा नजीकको स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए। मानवमा मानवता, नैतिकता, अनुशासन रह्यो र भएको कानुनको प्रभावकारी कार्यान्वयन भयो भने हिंसाजन्य आपराधिक घटनामा कमी आउने उनको भनाइ थियो ।

हिंसा व्यक्तिगत स्वार्थका कारण पनि बढ्दो रहेको सिंहले बताए ।  व्यक्तिगत स्वार्थ, चाहना परिपूर्ति गर्न कुनै अर्को कमजोर व्यक्ति र समुदाय माथि हिंसा गर्न उत्प्रेरित भएको पाइन्छ,”उनले भने,” हिंसा आफैमा सृजित हुने होइन हामीबाटै सिर्जना हुने हो, हामीले हिंसा गरेनौ, पवित्र मन राख्यौ भने आफै न्यूनीकरण हुन्छ ।” समन्वय प्रमुख सिंहले हिंसा विरुद्धको लगानी बालुवामा पानी भएको बताउँदै यसलाई प्रभावकारी र अर्थपूर्ण बनाउन जरुरी रहेको बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले हिंसा न्यूनीकरण गर्न नगर सरकार प्रतिबद्ध रहेको बताए। उनले हिंसा जन्य घटनाहरू निमिट्यान्न पार्न पवित्र उद्देश्य बोकेका सरोकारवाला निकायसँग हातेमालो गर्न तयार रहेको बताए। 

जिल्लामा क्रियाशील संघ संस्था, सरोकारवाला निकाय, नागरिक समाज र सरकारको एउटै लक्ष भनेको समतामूलक समाज निर्माण गर्ने हो,”उनले भने त्यो लक्ष र गन्तव्यमा पुग्न हामीले यात्राको सुरुवात अवस्य गर्नु पर्दछ।  जुन हामी गरिरहेका छौं । यात्रामा हिँडेपछि गन्तव्यसम्म पुग्दा आउने बाधा अफ्ठ्यारा सरोकारवाला सबै मिलेर छिलोल्नु पर्ने हुन्छ । हामी हाम्रा तर्फबाट तयार छौं ।”

कार्यक्रममा सहभागीहरुले घालेरु हिंसा, महिला हिंसा, बाल हिंसा र जातीय हिंसा समाजमा अझै व्याप्त रहेको गुनासो गरेका थिए। हिंसामा परेका व्यक्तिहरू खुलेर लड्न नसक्ने अवस्थामा रहेको र  लडीहाले पनि उचित न्याय नपाउने अवस्थामा रहेको उनीहरुको गुनासो छ । पद र पावरका आधारमा हिंसाजन्य घटनाहरु ढाकछोप हुने र पीडितले न्याय नपाउने अवस्था रहेको बताउँदै यसमा सुधार हुनुपर्ने सुझाव सहभागीहरूको छ ।

दिपायल सिलगढी नगरपालिकाले नगरका ९ वटै वडाहरूमा १६ दिने अभियान सञ्चालन गरेको र समुदायमा देखिएका समस्या, चुनौती र हिंसाजन्य घटनाका विषयमा छलफल र अन्तरक्रिया भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सानुमाया लिम्बूले बताइन् । अभियानमा जिल्ला स्थित विभिन्न गैर सरकारी संस्था, नागरिक संघ संस्थाहरुको सहयोग रहेको थियो ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०८० मंसिर २५

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP