२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध


दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन् । राजपुर स्थित सुजङ्ग बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरु रातीको समयमा फरार भएका हुन् ।

केआईसिँह गाउँपालिका – ७ सलेना घर भई कक्षा १० मा अध्ययनरत वर्ष १७ का सुशील बलायर र सोही पालिकाको वडा नम्बर ६ घर भई कक्षा ८ मा अध्ययनरत वर्ष १६ का भोज खड्का होस्टेलबाट भागेका हुन् । सुशील लोक बहादुर बलयरका छोरा हुन् भने भोज हिम्मत खड्काका छोरा हुन् ।

स्कुलका डाइरेक्टर नरेश बलायरका अनुसार आइतबार  रातिको समयमा होस्टेल छोडेर तीन जना भागेका थिए । जसमध्य एक जना सोमबार सिलगढी स्थित आफ्नो घर पुगेका छन् भने दुई जना भारत जाने सल्लाह गरेर अहिलेसम्म फरार छन् ।

हराएको सूचना पाउने बित्तिकै रातीबाट नै खोजीकार्य जारी राखेको डाइरेक्टर बलायरले बताए । विद्यार्थीहरु राती होस्टेलबाट भागेर सलेना स्थित सुशीलको घर गएको भेटियो,”उनले भने,” त्यस पश्चात घरबाट बाकस फोडेर मोबायल र नगद निकालेर बिहान कुलपाते हुँदै सिलगढी जाने बाटो चिसापानी तिर लागेको बुझियो । सुशीलका आमाबुवा उपचारका लागि घर बाहिर भएको मौका छोपी उनीहरूले झ्यालबाट घुसेर मोबाइल र नगद झिकेको भेटिन्छ।”

सुशीलले सोही मोबाइलबाट फेसबुक चलाएको भेटिन्छ। फेसबूक म्यासेन्जरमा आफू धनगढी पुगेको र पढाइ छोडेर भारत जान लागेको बताएका छन् । लोकेशन एकिन गर्न सकिएको छैन ।

स्कुल परिवार र बालकका अभिभावकहरुले बच्चाहरुको खोजीकार्य गरिदिन हुन अनुरोध गरेका छन् । प्रहरीलाई पनि जानकारी गराइएको छ । तस्बिरमा देखिएका बालक कहीं कतै भेटेमा नजिकको प्रहरी कार्यालय वा स्कुलको मोबाइल नम्बर 9849187931 मा जानकारी गराइदिन हुन अनुरोध गरिएको छ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८० मंसिर १८

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP