२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का


दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका- ५ पुन्नामा शव फेला परेको प्रहरीले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका – ५ का ३० वर्षीय समीर भट्टको शव सडकको नालीमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिए । मंगलबार बिहान उज्यालो भइसके पछि स्थानीयले सब भेटेका थिए।

मृतक भट्टका आफन्तले हत्या गरेर सडकको नालीमा शव फालेको दाबी गर्दै हत्याराको खोजी गर्न आग्रह गरेका छन् । मृतक भट्टको टाउकोमा चोट लागेको छ । शव रक्ताम्य छ। आफन्तले शव उठाउन दिएका छैनन् भने सडक अवरुद्ध छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० मंसिर १२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP