२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

एक महिना पछि डोटी पुग्यो ईजराइलमा मारिएका फुलारा र थापाको शव


दिपायल – प्यालेस्टाईनी बिद्रोही समूह हमाशको आक्रमणमा परी ईजराइलमा मुत्यु भएका डोटीका दुई जना विद्यार्थीहरुको शव एक महिना पछि गृह जिल्ला पुगेको छ । आईतबार दिउँसो ३ बजे नेपाली सेनाको स्काई एम्वुलेन्स एनए ०६४ मार्फत शव डोटी ल्याइएको हो ।

सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत ईजराइल पढ्न गएका शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका—५, पीडका पदम थापाको शव डोटीको दिपायल बिमानस्थलमा परिवारलाई हस्तान्तरण गरिएको छ । बिमानस्थलमा दुवै शवहरु आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्का बिमानस्थल पुगेका थिए ।

मृतकहरुका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पु¥याउन लगिएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरुले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडिउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ ।

सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते ईजरायल पुगेका थिए । उनीहरुको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० कार्तिक १९

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP