२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

मध्यराति सेतीमा खस्यो जीप, ४ जनाको मृत्यु, ५ घाइते


दिपायल – धनगढीबाट बाजुरा जाँदै गरेको जीप सेती नदीमा खसेको छ । डोटीको शिखर नगरपालिका- ६ अणिउल अन्तर पर्ने केआई सिंह राजमार्गबाट सेती नदीमा जीप खसेको हो ।
आईतबार राति साढे २ बजेको समयमा ग२च २७७६ नम्बरको बोलेरो जिप सेती नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले  जनाएको छ ।

मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको दिपायल स्थित शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । जीप चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जीप एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल नदीमा खसेको थियो ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० कार्तिक १९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP