२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते, एक जना गम्भीर

दिपायल – डोटीमा जीप दुर्घटनामा परी ६ जना यात्रु घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ६ पानीखालमा जीप दुर्घटना भएको हो ।

सायलबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार १२ जना यात्रु सवार उक्त जीप सडकमै पल्टिएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन्  । जसमध्ये  एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सायल गाउँपालिका-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पूर्वीचौको गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी घाइते भएका छन् ।

घाइते बिरामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल डोटीका डक्टर समिक सिंहले बताए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० कार्तिक ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP