२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

बलात्कारको मुद्धा मिलाउन खोज्ने अध्यक्ष सहित बलात्कारको आरोपमा श्रीमान र जेठाजु पक्राउ

कैलाली- कैलालीमा बलात्कार उद्योग आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजु पक्राउ परेका हुन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रवार नियन्त्रणमा लिएको हो।

युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउपछि थप अनुसन्धान भईरहेको उनले बताए। 

सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्। जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो। 

उनले इलाका प्रहरी कार्यालय  मसुरियासँग कुरा गरेर मुद्धा मिलाइदिन्छु भनी स्थानीय बलात्कार उद्योगका आरोपीसँग घुस माग्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको प्रवक्ता टोपबहादुर विष्टले बताए।

धामीलाई बीहिबार साँझ नै हिरासतमा राख्न अख्तियारको टोलीले महेन्द्रनगर लगेको थियो। 

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ बैशाख २०

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP