२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा रावल निर्वाचित


दिपायल – नेपाल सांस्कृतिक महासंघ डोटीको अध्यक्षमा राम बहादुर रावल निर्वाचित भएका छन् । बिहीबार दिपायलमा सम्पन्न शाखाको दोश्रो अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

शाखाको उपाध्यक्षमा निर्मला खत्री खड्का, सचिवमा खगेश्वरी साउद, सह सचिवमा नवराज बिक निर्वाचित भएका छन् । विभिन्न पालिकाको नेतृत्व गर्दै अन्य १४ सदस्यहरु पनि सर्व सम्मत निर्वाचित भएका छन्।

जिल्ला कार्यसमितिसँगै केन्द्रीय र प्रदेश प्रतिनिधि समेत चयन गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल संस्कृतिक महासंघको देशभर शाखाहरू रहेका छन् । महासंघमा विभिन्न विधाका १२ वटा संगठनहरु आबद्ध छन् । जिल्लाका सबै पालिकाहरुमा शाखाहरू विस्तार गरिएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० आश्विन २५

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP