दिपायल – नेपाली कांग्रेसका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले नेपाल सांस्कृतिक महासंघ नेपालको लोकतान्त्रिक आन्दोलन देखिको सारथी भएको बताए । नेपाल सांस्कृतिक महासंघ डोटी शाखाको दोश्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेपालका हरेक लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महासंघको महत्वपूर्ण साथ रहेको बताए।
कांग्रेसको संगठन विस्तार देखि कांग्रेसले नेतृत्व गरेका हरेक आन्दोलन र संस्कृति मार्फत कांग्रेसका विचार एवं धारणा जनमानसमा पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सभापति सिंहले महासंघको संस्थागत विकासका लागि नेपाली कांग्रेस अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका केन्द्रीय प्रतिनिधि विष्णुभक्त खैरले नेपाल सांस्कृतिक संघले विभिन्न १२ विधामा संगठनहरु विस्तार गरेपछि हाल महासंघको मान्यता पाएको बताए। संस्कृतिको संरक्षण, सम्बर्धनले समाजलाई सभ्य सुमन्नत र प्रगतिशील बनाउने उनले बताए।
नेपाली कांग्रेसको सुभेक्ष्छुक संस्था नेपाल सांस्कृतिक महासंघको दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका पार्टी पदाधिकारी, महासंघका केन्द्रीय सदस्य गोविन्द विष्ट , सरस्वती खड्का भट्ट, महासमिति सदस्य विभिन्न शुभेच्छुक तथा भातृ संगठन पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
महासंघका जिल्ला अध्यक्ष चन्द्रा साउदले सौहार्द वातावरणमा सर्बसम्मत रूपमा जिल्ला कार्यसमिति गठन गरिने बताइन् ।
कार्यक्रममा कलाकार एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सदस्य सुरत रावत (डोटेली कान्छा) लाई सम्मान गरिएको थियो । रावतले सांस्कृतिक संघको संगठन विस्तार, प्रदेश तथा केन्द्रीय नेतृत्व हुँदै पार्टीको जिम्मेवार पदमा निर्वाचित भएको र भाषा, कला, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको हो। त्यस्तै कलाकार, केशव फुलारा, शेर बहादुर साउद र दल बहादुर भण्डारीलाई कदरपत्र प्रदान गरिएको थियो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...