दिपायल – सम विकास केन्द्र ईडीसी नेपालको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन भएको छ । गैर सरकारी संस्था इडीसीले आफ्नो कार्यक्षेत्र रहेको केआइसिंह गाउँपालिकामा संस्थाको वार्षिक सामाजिक परीक्षण सम्पन्न गरेको हो ।
संस्थाले काम गरिरहेको क्षेत्रमा सामाजिक परीक्षण गर्दा पारदर्शी र प्रभावकारी हुने नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले बताए । सामाजिक संघ संस्थाहरुले वार्षिक रूपमा संस्थाको अनिवार्य सामाजिक परीक्षण गर्नु पर्दछ,”शाहीले भने,”ईडीसीले प्रत्येक वर्ष आफ्नो कार्यक्षेत्रमै गएर विगत देखि सामाजिक परीक्षण गर्ने गरेको पाएक छौं । यस्ता क्रयक्रमले सेवा प्रदायक संस्था र सेवाग्राही बीच सुमधुर सम्बन्ध कायम हुनुका साथै संस्थाले गरिरहेका गतिविधिहरु पारदर्शी र प्रभावकारी हुन्छन् ।”
संस्थाले यस आर्थिक वर्षमा डोटीका विभिन्न पालिकाहरुमाहरुमा ८ वटा परियोजनाहरू सञ्चालन गरिरहेको कार्यकारी निर्देश महेश परिवारले बताए । उनका अनुसार संस्थाले जिल्लाको केआईसिंह गाउँपालिका, शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकामा परियोजना सञ्चालन गरेको थियो । गत एक वर्षमा संस्थाले ती पालिकाहरुमा ५ करोड ५९ लाख बढी बजेट कार्यान्वयन गरेको छ ।
संस्थाले मानव अधिकार, नागरिक अधिकार, सामाजिक न्याय, लक्षित समुदाय, महिला अधिकार तथा लैङ्गिक समानता, गरिबी निवारण, सुसान, शिक्षा, स्वाथ्य लगायतका क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा काम गरिरहेको ईडीसीका अध्यक्ष अधिराज विसीले बताए ।
संस्थाले सञ्चालन गरेका कार्यक्रमहरूले स्थानीय सरकारलाई सहयोग पुगेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए। संस्थाले हाम्रो गाउँपालिकामा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ, नीति निर्माणमा पनि सहयोग पुगेको छ,” उनले भने,” स्थानीय सरकार र गैरसरकारीसंस्थाहरू बीच समन्वयको अभाव छ । आपसी समन्वय बढाएर काम गरियो भने अझै प्रभावकारी हुन्छ ।”
ईडीसी २७ वर्ष देखि समाजिक सेवामा निरन्तर लागिरहेको गैर सरकारी संस्था महासंघका प्रदेश उपाध्यक्ष रघु कठायतले बताए। जिल्लामा धेरै संस्थाहरू आए, केही वर्ष काम गरेर हराए, तर ईडीसी निरन्तर रूपमा काम गरिरहेको छ। संस्थाले सामाजीक सँगै संस्थागत विकासमा पनि उल्लेख्य सफलता हासिल गरेको छ,” उनले भने ।”
ईडीसीले समुदाय स्थरमा कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि महिलाहरुको क्षमता अभिवृद्धि हुनुका साथै लैङ्गिक हिंसाका घटनामा कमी आएको स्थानीय एलिना विकले बताइन्। संस्था आउनु पूर्व हामी समूहमा परिचय दिन पनि कठिन हुन्थ्यो,” उनले भनिन्,”अहिले हामी आफ्ना समस्या, माग, हिंसा र सामाजिक सवालमा आवाज उठाउन सक्ने भएका छौं । महिलाहरुको कामको बोझ पनि कम हुँदै गएको छ । यो ईडीसी सहयोगमा भएको हो ।”
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका उप- संयोजक स्मृति चुनराले सामाजिक विकास, न्याय र मानव अधिकारका क्षेत्रमा ईडीसीले महत्वपूर्ण योगदान पुर्याएको बताइन् । ईडीसी एक आन्दोलनका रूपमा उभिएर काम गर्दै आएको सामाजिक संस्था हो,” उनले भनिन्,” पछाडी पारिएको दलित समुदाय र महिलाको उत्थानका लागि यसले ठूलो योगदान दिएको छ । सामाजिक सचेतना, छुवाछुतको अन्त्य, महिलाहरुको क्षमता अभिवृद्धि, न्याय र समुन्नत समाज निर्माणमा यसको ठूलो योगदान देखिएको छ ।”
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, संस्थाका पदाधिकारी तथा कर्मचारीलाई, पत्रकार, गैससका प्रतिनिधि, सेवाग्राही एवं स्थानीयहरुको सहभागिता रहेको थियो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...