२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली बझाङको भूकम्प प्रभावित क्षेत्र जाँदै

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टोली बझाङको भूकम्प प्रभावित क्षेत्र जाँदै छन्।

मुख्यमन्त्री कमलबहादुर शाहसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखको टोली बझाङको भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आज गइरहेका हुन्।

टोलीले अनुगमनका साथै पीडितसँग भेटघाट, क्षति भएका भौतिक संरचनाको अवलोकन जिल्लास्थित राहत र उदारमा खटिएका निकाय र स्थानीय तहसँग छलफल गर्ने बताइएको छ। मंगलवार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प आएको थियो। पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प आएको हो।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०८० आश्विन १८

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP