२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

बझाङ भूकम्प पीडितको तत्काल उद्धार र पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औ बैठकमा बोल्नुहुँदै उनले तत्काल उद्धारसँगै पुनर्निर्माणका काम समेत अगाडी बढाउन निर्देशन दिनुभएको हो ।

आवश्यक निर्णय तथा कार्यान्वयनका कार्यका बारेमा परिषद्को बैठकमा गम्भीर छलफल समेत भएको थियो । प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइएको छ।

प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको उहाँको भनाई छ। सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने उनले बताए।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० आश्विन १८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP