दिपायल – मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४० मिनेटमा पहिलो भूकम्प गएको हो । त्यस लगत्तै ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । भूकम्पबाट के कस्तो क्षति भयो भन्ने बिवरण प्राप्त भएको छैन । भूकम्पको धक्का पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।
भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाँउ स्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...