दिपायल- शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटि फाइबर इन्टरनेट सेवा सुचारु गरिएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो ।
नगर कार्यपालिकाको कार्यालयमा इन्टरनेट जडान गर्दै सेवा सुचारी गरिएको हो । नगरपालिकामा इन्टरनेट र टेलिफोन सेवा विस्तार गिरने स्थानीय सरकारको घोषणा पत्रमा उल्लेख थियो । सेवा विस्तार भएसँगै नगरपालिकाको दैनिक कामकाजमा सहजता हुनुका साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा उपभोग गर्न पाउने छन् ।
सेवा विस्तार भएसँगै सरकारी कामकाज र समुदायमा ठुलो राहत मिल्ने नगर प्रमुख दीर्घ बलायरले बताए । लगातार एक वर्षको दौडधुप पछि पालिकामा नेपाल टेलिकमको एनटि फाइबर इन्टरनेट सेवा सुचारु गर्न सफल भएको छौं,“नगर प्रमुख बलायरले भने,“हाललाई नगरपालिकाको सिमाना कोरालखोला देखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटि फाइबर विस्तार गरिएको छ । यसलाई हामीले नगरका सबै वडा र नगरपालिका माताहतका कार्यालयहरुमा विस्तार गर्ने लक्ष लिएका छौं । कतिपय प्राविधिक कठिनाइका कारण समय लाग्न सक्छ । हाइवे सडक अन्तरगत समुहगाड देखि कोराल खोलासम्म यसै वर्ष नेट सेवा विस्तार गरिने छ ।
यस अघि जडान गरिएका इन्टरनेटले राम्रोसँग काम नगरर्दा सेवा प्रवाहमा असर पर्ने गरेको र अवका दिनमा त्यो समस्या समाधान हुने सूचना तथा संचार प्रविधि अधिकृत नवराज भट्टले बताए । नगरपालिकाले प्रवाह गर्ने धेरैजसो सेवाहरु अनलाइन मार्फत हुने गर्दछन्,“इन्टर नेटको समस्याका कारण सप्टवयरले काम नगर्ने, सामान्य मेल समेत नचल्ने जस्ता थुप्रै समस्या थिए । एनटि फाइबर जडान भएसँगै त्यो समस्या समाधान हुने भएकोछ । अन्य नेटको तुलनामा एनटि फाइबर निकै सस्तो र नेट सेवा पनि स्पिड छ । नगरपालिकासँगै स्थानीयहरुले पनि आ–आफ्नो घरघरमा इन्टरनेट जडान गरेर सेवा लिनसक्ने छन् ।”
नगरपालिकाको अनुरोध र सहयोगले सो क्षेत्रमा नेट सेवा विस्तार गर्न सफल भइएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले बताउनु भयो । ग्राहकको माग अनुसार विस्तारै अन्य वडा र वस्तिहरुमा पनि सेवा विस्तार गर्न सकिने उनले बताए ।
शिखर नगरपालिकामा विस्तार गरिएको एनटि फाइवरबाट हाललाई ४०० वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए । ग्राहकहरुको बढ्दो माग छ ।ग्राहकको माग बढ्दै गयो भने नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए । हाल जडान गरिदै आएको इन्टरनेटमा १० एमबिपिएस देखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ । वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए । एनटि फाइबरबाट इन्टरनेट, टेलिफोन एवं टिभि समेत चलाउन मिल्ने चौधरीले बताए ।
हाल शिखर नगरपालिका वडा नम्बर १०, ११, ८ र वडा नं. ६ सम्म प्रयोग गर्न सकिने गरी एनटि फाइबर विस्तार गरिएको छ । नगरका अन्य क्षेत्रमा पनि आवस्यकता अनुसार सेवा विस्तार गरिने नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् ।
इनटरनेट जडानका लागि नगरपालिकाले एक वर्ष देखि पहल गर्दै आएको थियो । नेपाल टिलिकम र नगरपालिकाको संयुक्त लगानीमा सेवा विस्तार भएको हो । नेपाल टेलिकमले आफ्नो शाखा कार्यालय रहेको क्षेत्र दिपायल सिलगढी नगरपालिका अन्तरगत राजपुर, दिपायल र सिलगढीमा यो सेवा सञ्चालनमा ल्याएको थियो ।
कैलाली । कैलालीमा किसान धान भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा...