२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

रोल्पामा बम विस्पोट : चार बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालवालिकाको मृत्यु भएको छ। बिहीबार साझ जंगलमा गाइबस्तु चराउन गएका बालबालिकाले बेवारिसे बम छुदा विष्फोट भएको स्थानीय बासिन्दाले जनाएका छन ।बम विष्फाेटबाट त्रिवेणी ४ का १३ बर्षका गाैरव नेपाली ,त्रिवेणी ७ का बर्ष ५ का विजय खत्रि र उनकी दिदी ११ बर्ष कि विमला खत्री त्रिवेणी ७ कै १४ बर्षका नाेखिराम डाँगि रहेका छन

बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ वालवालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी  गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।घटनास्थलमा अर्को बम पनि रहेकाले डिस्पोजल काे लागि नेपाली सेनाको टाेलि घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

सशस्त्र  द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको हुने सक्ने आशंका गरिएको छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ बैशाख १८

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP