२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

बालबालिका र शिखर सरकारकाबीच सवाल जवाफ

दिपायल – शिखर नगरपालिकामा बालबालिकाका सवालका सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। नगरपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालयका विद्यार्थीहरु र स्थानीय सरकारका बीच अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको हो ।

५९औं बाल दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी बालबालिकाहरूले विद्यालयका समस्या, बाल अधिकार, शैक्षिक गुणस्तर, स्थानीय सरकारको पहल र नीति लगायतका विषयवस्तुमा रहेर जिज्ञासा तथा सुझाव राखेका थिए। 

बालबालिकाका जिज्ञासा, प्रश्नको जवाफ नगर सरकार र कर्मचारीहरुले दिएका थिए। नगर सरकारले विद्यार्थीहरूका प्रश्नहरूको जवाफ दिनुका साथै शैक्षिक सेवा सुविधा, बाल अधिकार, लगायत सरकारको नीतिका विषयमा जानकारी गराएको थियो । विद्यार्थीहरुले दिएका सुझावलाई समेत मनन गर्दै   आगामी दिनमा शिक्षाको खेत्रमा काम गर्ने प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रमले बालबालिकाका सवाल, अपेक्षा, समस्या र सुधार गर्नुपर्ने विषयमा स्थानीय सरकारलाई जानकारी हुनुका साथै शैक्षिक सुधार गर्न टेवा पुग्ने सामुदायिक विकास केन्द्र ( सिडिसी) का प्रतिनिधि एकराज बडुले बताए ।

कार्यक्रमले नगर सरकार र बालबालिका बीच गहिरो सम्बन्ध स्थापना हुनुका साथै बालबालिकाका सवाल माथि काम गर्न मदत पुग्ने नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । उनले शिक्षासँग बालबालिकाको भविष्य गाँसिएका कारण शैक्षिक गुणस्तर सुधार र विद्यालयहरुको संस्थागत विकासलाई प्राथमिकता दिइने बताए ।

नगर उपप्रमुख सुनिता रावल जोराले  अन्तरक्रिया कार्यक्रमले स्थानीय सरकारलाई थप जवाफदेही, पारदर्शी र जिम्मेवार बन्न मदत पुग्ने बताउँदै यसलाई निरन्तरता दिइने बताइन्।

कार्यक्रममा नगरका सबै। मावि विद्यालयका विद्यार्थी, शिक्षक प्रतिनिधि, बालबालिका र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नगर सरकारका जनप्रतिनिधि एबं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० भाद्र ३१

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP